सञ्जय विष्ट
अनन्य लेखनमा सञ्जय वि ष्टका कथा धनबहादुर मगर , कालेबुङ सञ्जय विष्ट ←← कथिने कथा र बाँचिने कथा हुन्छ भन्ने मत र यसका व्याख्यहरूसमेत पाठकहरूले पढ्न तथा बुझ्न पाइसकेको छ । ...कथिने कथा र बाँचिने कथामा अन्तर देख्छौँ हामी। यो मान्छौँ कि कथिने कथाहरू बाँचिने कथाहरूकै अनुभूतिजन्य प्रस्फुटन हो तर कथिने कथाहरूमा ती अनुभूतिहरू संयोजित रूपमा रहेका बनाउँछौँ अथवा पाउँछौँ - (प्रवीण राई ‘ जुमेली ’ ) कथाकारले कथा यसरी पाठक अघि राख्दा हुन्। तर पाठकले यसको आस्वादन कसरी गर्दा हुन् ? कथिने कथामा कलात्मकता धेर र बाँचिने कथामा जीवनबोध धेर हुने सत्यविमर्श –( जय क्याक्टस) पाठक-समालोचकको यस्तो विमर्श छ। कथालाई टिप्न सकिने विषय आजका परिप्रेक्ष्यमा कुनै र केही पनि हुनसक्ने देखिन्छ । नेपाली कथा साहित्यमा पारम्परिक विषयवस्तुलाई टिपेर पारम्परिक ढङ्गमा कथा सृजना गरिएका यथेष्ट कथाहरू पाइन्छन् । परम्परादेखि पृथकिएर प्रयोगधर्मी बनी कथाको नयाँ आयाम , स्वरूप र कथा साहित्यले यात्रा गर्दै...