Posts

Showing posts with the label बच्चाबारी

भानु र पाला-1, 2, 3 : रङ्गमञ्चीय अध्ययन

Image
रङ्गमञ्चीय अध्ययन सन्दर्भ  ‘भानु र पाला'  (१, २ र ३) मेहेरमान सुब्बा क्लुनी महिला महाविद्यालय कालेबुङ              ना टक दृश्यकाव्य हो र यो अभिनयात्मक हुन्छ। हुनत नाटकमा पाठ्य र नाट्य दुवै तत्त्व हुन्छ र यी दुवैको सन्तुलित संयोजनमा यसले विधागत मूल्य प्राप्त गर्छ। अचेल साहित्यिक नाटकको संज्ञामा पाठ्य-नाटक मात्र पनि लेख्ने चलन छ। यद्यपि नाटक रङ्गमञ्चीय कला हो अनि यो अभिनयात्मक  हुनाले अभिनयात्मकता नै यसको वास्तविक पहिचान हो। अतः  रङ्गमञ्चमा कुशलताका साथ प्रस्तुत गरिनुमा नै यस विधाले आफ्नो सार्थकता प्राप्त गर्दछ। नाटकमा अन्तर्निहित भाव र जीवनबिम्ब मुख्यतः अभिनय र संवादका माध्यम  अभिनय र संवादका माध्यमबाट नट-नटीद्वारा मञ्चमा प्रदर्शित गरिन्छ।  यद्यपि यसले जनसमुदायसम्म पुग्न वास्तुकला, चित्रकला, मूर्ति, सङ्गीत र वैद्युतिक उपकरण तथा प्रविधिहरूको सहयोग पनि लिँदछ। यसरी नाटक मञ्चन हुन अनिवार्य छ। समालोचक केशवप्रसाद उपाध्याय लेख्छन्- वास्तविक रूपमा नाटक भनेको दृश्यकाव्य हो र यसलको परीक्षण पूर्ण रूपमा रङ्गमञ्चम...

भारतीय नेपाली गजल र गजलमा सुवास

Image
भारतीय नेपाली गजल र गजलमा सुवास शैलेन्द्र समदर्शी सुवास श्रेष्ठ    पहिला गजलको कुरा   शैलेन्द्र समदर्शी     इसाको सातौँ शताब्दीतिर अरबमा जन्मिएको र प्रायः चौधौँ शताब्दी लामो इतिहास बोकेको प्रेम   प्रणयकेन्द्रित हार्दिक एवं सुललित भावहरूका अभिव्यक्ति बुझाउने गजल सङ्गीतसित सम्बन्धित  साहित्यको एउटा गेय विधा हो। शाब्दिक अर्थमा स्त्री अथवा आफ्नी प्रेमिकासित गरिने प्रेमिल  वार्तालाप तथा भावार्थमा घाइते हरिणशावकले पीडामा निकालेको विक्षिप्त आर्तनाद वा चित्कार  बुझाउने गजललाई कविद्वय उमर इब्न अबि रबिया र जमिल उल उधारीले इसाको सातौँ शताब्दीतिर  अरबी भाषा साहित्यमा एउटा नयाँ विधाको रूपमा स्थापित गरेको इतिहास पाइन्छ। यी दुई  कविद्वयले गजललाई सर्वप्रथम म्नका र मदिनामा स्थापित गरेका थिए। राजा-महाराजाहरूको प्रशस्ति  र स्तुतिगानमा आधारित स्तुतिकाव्य कासिदाका केही पङ्‌क्ति अथवा हरफ प्रेम प्रणयकेन्द्रित हुन्थे ,  जसलाई ‘ तस्बिब ’ भनिन्छ। यसैबाट गजलको विस्तार भएको हो भन्ने विद्वान्‌हरूका मत छन्।  अरबमा जन्मिएको ग...